काठमाडौँ
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन् ।
नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो । आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस अन्तर्राष्ट्रिय क्रिकेटका एकसेएक राम्रा खेलाडीलाई पछि पार्दै शीर्ष ५० भित्र परेका हुन् ।
इङ्ल्यान्डका जोय रुट, बेन स्टोक्स, वेस्ट इन्डिजका काइरन पोलार्ड, जिम्बावेका सिकन्दर राजा जस्ता खेलाडी पारस भन्दा पछाडि परेका छन् ।
रुट ४३ औं, पोलार्ड ४६ औं, स्टोक्स ४८ औं र राजा ५३ औं स्थानमा छन् । पारस टीट्वेन्टी क्रिकेटको ब्याटिङतर्फको वरीयतामा पनि समावेश छन् । उनी ब्याटिङतर्फ समावेश एक सय खेलाडी मध्ये ९३ औं स्थानमा छन् ।
टीट्वेन्टी खेलाडीको ब्याटिङतर्फ नेपाली खेलाडीमा उनी मात्र परेका छन् । अलराउन्डरतर्फ भने पारससँगै सोमपाल कामीले पनि स्थान पाएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया