काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)मा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई उसकै मैदानमा आठ विकेटले स्तब्ध पारेको हो ।
१६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीका लागि केएल राहुलले ४२ बलको सामना गर्दै तीन चौका र तीन छक्काको मदतमा ५७ रन जोडे ।
यसैगरी कप्तान अक्षर पटेलले २० बलमा ३४ रन जोडे । प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे ।
बलिङमा लखनउका आइडन म्याक्रमले दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोडेको थियो । लखनउका लागि एडन मारक्रमले ५२ रन बनाउँदा मिचेल मार्सले ४५ रन जोडे । आयुष बडोनीले ३६ रन बनाउँदा अन्यको प्रदर्शन फितलो रह्यो ।
बलिङमा दिल्लीका लागि मुकेश कुमारले ४ विकेट लिए ।
दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ । दिल्लीको यो जितले प्लेअफ सम्भावना बलियो बनाएको छ ।































प्रतिक्रिया