काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि यात्रालाई झनै बलियो बनाएको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पाखा लगाएको हो। बार्सिलोनाको जितमा ओल्मोले निर्णायक गोल गरे। खेलको पहिलो हाफ दुवै टोली गोलरहित रहे । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै एरिक गार्सियाको पासमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
यो जितसँगै बार्सिलोनाले अंक तालिकामा सात अंकको स्पष्ट अग्रता बनाएको छ। ३३ खेलबाट बार्साले ७६ अंक जोडेको छ भने एक खेल कम खेलेको रियल मड्रिड ६९ अंकसहित दोस्रो स्थानमा रहेको छ।





























प्रतिक्रिया