काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले एस्टन भिल्लालाई इन्जुरी समयमा २-१ गोलअन्तरले पराजित गरेको हो ।
सिटीका लागि सातौँ मिनेटमा बर्नान्डो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । तर १८ औँ मिनेटमा मार्कुस रासफोर्डको पेनाल्टी गोलमा भिल्लाले बराबरी गरेको थियो। त्यसपछि दुवै टोली अंक बाँड्नतर्फ उन्मुख रहेका थिए । तर, म्याथ्युस नुनेसले इन्जुरी समयको चौंथो मिनेटमा डोकुको आकर्षक क्रसलाई सानदार फिनिस गर्दै गोलमा परिणत गरेका थिए।
यो जितसँगै सिटी च्याम्पियन्स लिग छनोटको आधारका रुपमा रहेको शीर्ष चारको दौडमा तेस्रो स्थानमा उक्लिएको छ । तालिकामा म्यानचेस्टर सिटी ३४ खेलबाट ६१ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। सिटीभन्दा एक खेल कम खेलेका नटिङघम फरेस्ट ६० अंकमा चौथो स्थानमा रहेको छ। न्युक्यासल युनाइटेड ५९ अंकमा पाचौँ स्थानमा रहेको छ।





























प्रतिक्रिया