ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा, रियलको जित

ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा, रियलको जित

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । रियल म्याड्रिडको जितले ला लिगाको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । गएराति भएको खेलमा रियलले गेटाफेमाथि उसकै मैदानमा १‍-० गोलअन्तरको जित दर्ता गरेको हो ।

रियलको जितमा आर्दा गुलरले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । २१औँ मिनेटमा गुलेरले काउन्टर अट्याकबाट गोल गरे । गेटाफेका गोलकिपर डेविड सोरियाले रोक्ने प्रयास गरेतापनि रोक्न सकेनन्।

यो जितसँगै ३३ खेलमा ७२ अंक जोडेको रियल शीर्षस्थानको बार्सिलोनालाई पछ्याउँदैछ । बार्सिलोना ४ अंक अघि छ । ला लिगामा अब पाँच खेल मात्र बाँकी छन्। बार्सिलोना र रियलबीचको एल क्लासिको मे ११ मा हुनेछ, जसले यसको टुंगो लगाउनेछ ।

Skip This
Skip This
Logo