प्रमुख प्रशिक्षक स्टुअर्टले आजैबाट सुरु गरे खेलाडी प्रशिक्षण

प्रमुख प्रशिक्षक स्टुअर्टले आजैबाट सुरु गरे खेलाडी प्रशिक्षण

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली पुरुष क्रिकेट राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक स्टुअर्ट लले शनिबारबाट खेलाडी प्रशिक्षण सुरु गरेका छन्।

प्रशिक्षक नियुक्त भएको करिब एक महिनापछि शुक्रबार नेपाल आइपुगेका उनले आजै खेलाडीसँग परिचयात्मक कार्यक्रम गर्दै औपचारिक रुपमा टिमको जिम्मेवारी लिएका हुन्।

अस्ट्रेलियाका ५६ वर्षीय प्रशिक्षकसँग क्यानले २ वर्षे सम्झौता गरेको छ। खराब लयमा गुज्रिरहेको नेपाललाई विश्वकप लिग २ मा उत्कउष्ट प्रदर्शन गराउँदै विश्वकपमा छनोट गराउने उनको पहिलो चुनौती हो ।

Skip This
Skip This
Logo