काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि उचालेको हो ।
बार्सिलोनालाई उपाधि दिलाउन पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरे । यता रियल म्याड्रिडका लागि केलियन एम्बाप्पे र औरेलियन चुआमेनी एक एक गोल फर्काए ।
निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीतर्फ अघि बढिरहेको थियो । अतिरिक्त समयको ११६ औँ मिनेटमा जुल्स कोउन्डेले गरेको शानदार गोल खेलमा निर्णायक बन्यो । त्यसपछि तनावपूर्ण बनेको खेलमा एकैपटक एन्टोनियो रुडिगर र लुकास भाजक्वेजले रातो कार्ड खाँदै मैदान छाड्न परेको थियो । त्यसको अर्को मिनेटमा जुडले पनि रातो कार्ड खाए ।































प्रतिक्रिया