एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्ने, कहिले र कहाँ हुँदैछ प्रतियोगिता ?

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्ने, कहिले र कहाँ हुँदैछ प्रतियोगिता ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप २०२६ को छनोट चरणमा उत्तर कोरिया सहित समूह ‘ए’ मा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) द्वारा मलेसियास्थित क्वालालम्पुर हाउसमा आयोजित ड्रका अनुसार नेपालले उत्तर कोरिया, भुटान, मंगोलिया, र साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहको खेल भुटानमा आयोजना हुनेछ ।

अघिल्लो संस्करणसम्म एएफसी यू-१९ महिला एसियन कपको नाममा सञ्चालन भइरहेको यो प्रतियोगिता २०२२ देखि एएफसी यू-२० महिला एसियन कपको रूपमा पुनः नामांकित गरिएको हो । आगामी छनोट चरणमा २३ राष्ट्र सहभागी हुनेछन्, जसको खेल अगस्ट २ देखि १० सम्म निर्धारित गरिएको छ ।

‘ड्र’ मार्फत आठ समूहमा विभाजन गरिएका टोलीहरूमध्ये सात समूहमा चार/चार टोली छन् । एक समूहमा पाँच टोली छन् ।

छनोट चरणका खेल भुटान, चीन, लाओस, मलेसिया, म्यानमार, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनाममा आयोजना हुनेछ । हरेक समूहका विजेता र तीन उत्कृष्ट टोलीले २०२६ को एएफसी यू-२० महिला एसियन कपको मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्, जुन १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्याण्डमा हुनेछ ।

Skip This
Skip This
Logo