आईपीएलमा कोलकाताको रोमाञ्चक जित, दिल्लीको लगातार दोस्रो हार

आईपीएलमा कोलकाताको रोमाञ्चक जित, दिल्लीको लगातार दोस्रो हार

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति भएको खेलमा कोलकाताले दिल्लीलाई उसकै मैदानमा १४ रनले स्तब्ध बनाएको हो ।

कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रनमै समेटियो । दिल्लीका फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए तर जिताउन सकेनन् । ४५ बलमा उनले ७ चौका र ४ छक्का प्रहार गरे ।साथै कप्तान अक्षर पटेलले ४३ रन जोडे भने विप्राज निगमले ३८ रन बनाए ।

बलिङमा भने कोलकोताका बलर सुनिल नारनले ३ विकेट लिए भने वरुण चक्रवर्तीको नाममा २ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रन जोडेको थियो । कोलकाताका लागि अंगक्रिश रघुबंशीले सर्बाधिक ४४ रन जोडे । साथै रिंकु सिंहले ३६, सुनिल नारनले २७, रह्मनुल्लाह गुरबाज र कप्तान आजिख्य रहानेले समान २६/२६ रन बनाए ।

बलिङमा दिल्लीका बलर मिचेल स्टार्कले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिएका थिए ।

कोलकाताको यो १०औं खेलमा चौथो जीत हो । तर, यता दिल्लीको १०औं चौथो हार हो । कोलकाता ९ अङ्कसहित सातौं स्थानमा छ भने दिल्ली १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

Logo