च्याम्पियन्स लिग सेमिफाइनलमा पीएसजीले आर्सनललाई हरायो

च्याम्पियन्स लिग सेमिफाइनलमा पीएसजीले आर्सनललाई हरायो

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा इंग्लिस क्लब आर्सनलमाथि साघुँरो जित दर्ता गरेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १–० को गोल अन्तरले हराउँदै पीएसजीले फाइनल खेल्ने सम्भावना बलियो बनाएको हो।

पीएसजीको जितमा ओस्मान डेम्बेलेले एकमात्र निर्णायक गोल गरे । उनले खेलको ४ मिनेटमा नै गोल गरेका थिए । खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । आर्सनलले पनि गोल गर्ने अवसर पाएको थियो । तर सदुपयोग गर्न भने सकेन ।

यद्यपी अब पीएसजीले फाइनलमा पुग्न दोस्रो लेगमा आर्सनललाई गोलरहित बराबरीमा रोके पनि पर्याप्त हुनेछ। तर आर्सनलले भने दोस्रो लेगमा पिएसजीविरुद्ध २ गोल गर्न आवश्यक छ ।

सेमिफाइनलको दोस्रो लेग आगामी बुधबार हुनेछ।

Logo