बार्सिलोना र इन्टरबीच रोमाञ्चक बराबरी

बार्सिलोना र इन्टरबीच रोमाञ्चक बराबरी

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र इटालीयन क्लब इन्टर मिलानले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति बार्सिलोनाको मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा ३३ गोलको बराबरी खेलेका हुन् ।

सुरुमा २-० पछि परेको बार्सिलोनाले पछि उत्कृष्ट कमब्याक गरेको थियो । बार्सिलोनाका लागि लामिन यामाल र फेरान टोरेसले एकएक गोल गरे भने एक गोल उपहार पाएको थियो । यता इन्टरका लागि मार्कस थुरामले खेल सुरु भएको ३० सेकेन्डमै अग्रता दिलाएका थिए । साथै डेनजेल डम्फ्रिजले २ गोल गरे ।

दोस्रो लेग मंगलवार सान सिरोमा हुनेछ।

Logo