पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल भैरहेको छ  । "/>

पीपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै (लाइभ)

पीपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै (लाइभ)

केन्द्रबिन्दु
0
Shares

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल भैरहेको छ  ।

चितवन पारस खड्काको कप्तानीमा रहेको छ भने पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको । खेल अघि सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि दुबै टिमका कप्तानले उपाधि जित्ने दाबी गरेका थिए । कन्फ्रेन्समा पारसले भने, ‘दुबै राम्रा टिम फाइनलमा पुगेका छन्। खेल रोमाञ्चक हुने र सबैले मजा लिनु हुनेछ भन्नेमा आशावादी छु।’ ‘हाम्रो टिमका खेलाडीहरु भाग्यमानी छन् किनकी सबैले होम टिमका लागि खेल्न पाएका छौं,’ शरदले भने। 

लिग चरणमा पोखरा पल्टनले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । आजको खेलमा पोखराले चितवनमाथि जितलाई निरन्तर दिंदै उपाधि जित्न चाहन्छ भने चितवनले बदला लिंदै उपाधि हात पार्न चाहेको छ ।

चितवन राइनोले काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो ।त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो ।

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

नेपालमा हालसम्म भएका प्रतियोगितामा शरदको टोलीले ५० ओभरको नेपाल प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग(ईपीएल)को पहिलो संस्करणको उपाधि जितेको छ भने पारसको टोलीले धनगढी प्रिमियर लिग(डीपीएल)को पहिलो संस्करण र ईपीएलको दोस्रो संस्करणको उपाधि जितेको छ।

Logo