काठमाडौं

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले निजगढ विमानस्थल बन्न सुरु नभएसम्म त्यहाँको एउटा पनि रुख काट्न नदिने बताएका छन् । "/>

निजगढ एयरपोर्ट बन्न नथालेसम्म एउटा पनि रुख काट्न दिन्‍न : वनमन्त्री

निजगढ एयरपोर्ट बन्न नथालेसम्म एउटा पनि रुख काट्न दिन्‍न : वनमन्त्री


काठमाडौं

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले निजगढ विमानस्थल बन्न सुरु नभएसम्म त्यहाँको एउटा पनि रुख काट्न नदिने बताएका छन् । मन्त्री बस्नेतले आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै निजगढको निर्माण थालेपछि मात्रै रुख काट्न दिने बताएका हुन् ।

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रुख काट्ने काममा मात्र हतारबारे सोधिएको प्रश्नमा बस्नेतले, भने, विमानस्थलको काम सुरु हुने वातावरण बनेपछि मात्र रुख कटानको काम सुरु हुन्छ ।

कतिपय विकास निर्माण आयोजनाका काम ढिलाई हुनुमा वन मन्त्रालयलाई आरोप लगाउने गरेकाबारे पनि मन्त्री बस्नेतको फरक भनाइ थियो । आजको विकास वातावरण मैत्री हुनुपर्छ भन्ने नबुझ्दा, त्यसलाई आत्मसात नगर्दा र विकासलाई परम्परागत दृष्टिबाट हेर्नेहरुले मात्र त्यस्तो भनेको हुनुपर्छ, उनले थपे ।

मन्त्री बस्नेतले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइ) को प्रक्रियामा आयोजनाका तर्फबाट हुने ढिलाईलाई पनि मन्त्रालय माथि दोष थोपर्नु राम्रो नहुने बताए । कुनै पनि आयोजनाका फाइल मन्त्रालयमा आइसकेपछि हामीले त्यसलाई यथोचित सम्बोधन गरी काम अघि बढाउने गरेका छौं, उनले भने ।

विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच नियमति छलफल भइरहेको जानकारी दिँदै मन्त्री बस्नेतले दुई मन्त्रालयबीच कुनै विमति नरहेको पनि स्पष्ट पारे । विमानस्थल मुलुकको आवश्यकता हो, कम भन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ , उनले भने ।
अन्नपूर्णबाट

Logo