बेङ्गलोरले चेन्नईलाई २ रनले हरायो

बेङ्गलोरले चेन्नईलाई २ रनले हरायो

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलं) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बेङ्गलोरले चेन्नईमाथि दुई रनको जित दर्ता गरेको हो ।

बेङ्गलोरले दिएको २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि आयुष म्हात्रेले ९४ रन र रविन्द्र जडेजाले अविजित ७७ रन बनाए, तर टोलीको हार टार्न सकेनन् ।

तीन बलमा १३ रन चाहिएको अवस्थामा पहिलो बलमा नै शिवम दुवेले छक्का प्रहार गरेका थिए । उनले छक्का प्रहार गरेको बल नोबल थियो । अब चेन्नईको जितका लागि तीन बलमा ६ रन आवश्यक थियो भने फ्रिहिटको अवसर समेत चेन्नईलाई थियो । त्यस पछिको तीन बलमा याश दयालले तीन रन मात्र खर्चिएपछि चेन्नई स्तब्ध भएको हो ।

बेङ्गलोरका लुंगी इिन्डीगीले तीन विकेट लिए।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले पाँच विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । बेङ्गलोरका लागि रोमारियो सेफर्डले सानदार अर्धशतक प्रहार गरे । सेफर्डले १४ बलमा अविजित ५३ रन प्रहार गरे । उनले ६ छक्का र ४ चौका हिर्काएका थिए ।

साथै विराट कोहलीले ६२ रन तथा याकूब बेथेलले ५५ रन बनाएका थिए ।

चेन्नईका लागि मथीशा पाथिरानाले ३ विकेट लिए।

यो जीतसँगै बेङ्गलोर ११ खेलमा १६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा चेन्नई ४ अंकसहित तालिकाको पुछारमा छ।

Skip This
Skip This
Logo