काठमाडौं । इंग्लिस प्रिमियर लिगको रोमाञ्चक भिडन्तमा आर्सनल स्तब्ध भएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनल बर्नमाउथसँग २-१ गोलअन्तरले पराजित भएको हो ।
आर्सनलले खेलको ३४ औं मिनेटमा डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। तर, बर्नमाउथले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो ।
डीन हुइजसेनले ६७औं मिनेटमा बर्नमाउथका लागि बराबरी गोल फर्काए । त्यसको आठ मिनेटपछि, ७५औं मिनेटमा इभानिल्सनले निर्णायक गोल गर्दै बर्नमाउथलाई महत्वपूर्ण जित दिलाए ।
उपाधिबाट वञ्चित भइसकेको आर्सनलका लागि यो अर्को धक्का हो । आर्सनल ३७ खेलमा ६७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । यता लिभरपुलले केही खेल अगावै उपाधि जितिसकेको छ ।































प्रतिक्रिया