एन्टोनीकाे गाेलमा रियल बेटिसको रोमाञ्चक जित

एन्टोनीकाे गाेलमा रियल बेटिसको रोमाञ्चक जित

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । स्पेनिस ला लिगाको प्रतिस्पर्धात्मक खेलमा रियल बेटिसले रोमाञ्चक जित दर्ता गरेकाे छ । आइतबार राति भएको खेलमा बेटिसले इस्पान्योललाई उसकै मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हाे ।

खेलको २८औं मिनेटमा एस्पान्योलका रोबर्टो फर्नान्डेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एस्पान्योलले आफ्नो अग्रता कायम राख्यो।

दोस्रो हाफमा रियल बेटिसले खेलमा फर्कने प्रयास गर्‍यो। खेलको ८५ औं मिनेटमा गियोभानी लो सेल्सोले गोल गर्दै रियल बेटिसलाई बराबरीमा पुर्‍याए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा एन्टोनीले निर्णायक गोल गर्दै रियल बेटिसलाई २-१ को जित दिलाए।

याे जितसँगै छैटाैं स्थानमा रहेकाे रियल बेटिसले ३४ खेलमा ५७ अंक जाेडेकाे छ । यता इस्पान्योल ३४ अंकसहित १४औं स्थानमा छ ।

Logo