काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युवा अलराउन्डर मोहमद आदिल आलममाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको जानकारी गराएको हो ।
२०७९ पौषमा भएको नेपाल टि२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धको सिकार बनेका थिए । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार उनको प्रतिवेदन फुकुवा भएसँगै अब राष्ट्रिय टोलीमा फर्कन बाटो खुलेको छ ।
२०८० चैत्र १३ गते स्पट फिक्सिङको आरोप लागेका खेलाडीहरू विरूद्ध सीआईबीले गरेको दाबी नपुग्ने भन्दै सफाइको निर्णय सुनाएपछि उनी स्थानीय तहमै क्रिकेट खेलिरहेका थिए ।
आदिल आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले २०७९ सालमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । पपुवा न्युगिनीविरुद्ध डेब्यु खेलमै हानेको ‘हेलिकोप्टर सट’का कारण आदिलको चर्चा चुलिएको थियो । उक्त खेलमा आदिलले ११ बलमा तीन छक्का र एक चौकासहित ३१ रन बनाएका थिए ।































प्रतिक्रिया