पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि अहिले चितवन राइनोज र काठमाडौँ रोएल्सबीच एलिमिनेटर खेल भइरहेको छ। "/>

पीपीएलः काठमाडौंले चितवनलाई दियो ९५ रनको झिनो लक्ष्य

पीपीएलः काठमाडौंले चितवनलाई दियो ९५ रनको झिनो लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेशका लागि अहिले चितवन राइनोज र काठमाडौँ रोएल्सबीच एलिमिनेटर खेल भइरहेको छ। पोखरा रंगशालमा भइरहेको खेलमा काठमाडौँले चितवनलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ।

काठमाडौँ १९.३ ओभरमा ९५ रनमा अलआउट भएको हो। प्रतियोगितामा कुनै पनि टिमले दिएको यो सबैभन्दा कम लक्ष्य हो। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले खराब सुरुवात गरेको थियो। दोस्रो ओभरमै चितवनका सन्नी पटेलले ३ विकेट लिएपछि काठमाडौँ ४.३ ओभरमा ३० रन मात्रै बनाउन सकेको थियो ।

चितवनका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए। बर्थडे ब्वाए स्मीथ पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कप्तान पारस खड्काले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। करण केसीले ३.३ ओभरमा २४ रन खर्चेर १ विकेट लिए ।

 

Logo