एथ्लेटिक क्लब र रियल सोसिडाड बराबरीमै रोकिए

एथ्लेटिक क्लब र रियल सोसिडाड बराबरीमै रोकिए

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको रियल सोसिडाड र एथ्लेटिक क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

सान सेबास्टियनस्थित रियल एरेना रंगशालामा भएको बास्क डर्बीमा दुवै टोलीले गोल गर्ने धेरै प्रयास गरे पनि सफलता हात पार्न सकेनन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै पक्षले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोलकिपर र डिफेन्सको उत्कृष्ट प्रदर्शनका कारण कुनै पनि टोलीले जाली चुम्न सकेनन् ।

यो बराबरीले एथ्लेटिक क्लब ३४ खेलमा ६१ अंकसहित तालिकाको चौथो स्थानमा छ । यता रियल सोसिडाड ४३ अंकसहित ११औं स्थानमा छ ।

Skip This
Skip This
Logo