पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको अन्तिम खेलमा बिराटनगर टाइटन्सले चितवन राइनोजलाई १४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । "/>

सन्दिपको बिराटनगरले पारसको चितवनलाई दियो १४६ रनको चुनौती

सन्दिपको बिराटनगरले पारसको चितवनलाई दियो १४६ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

पोखरामा जारी पोखरा प्रिमियर लिगको आजको अन्तिम खेलमा बिराटनगर टाइटन्सले चितवन राइनोजलाई १४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्यांिटँगको निर्णय गरेको बिराटनगरले निर्धारित २० ओभरमा मात्र ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।

लगभग सय रन पुर्याउँदा एक विकेट गुमाएको बिराटनगरले ४५ रन जोड्नलाई बाँकि ४ विकेट गुमाउनुपर्याे । निकै राम्रो सुरुआत गरेको बिराटनगरले फिनिसिङ भने उत्कृष्ट ढंगबाट गर्न सकेन ।

बिराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१, प्रदीप ऐरि र पुष्प थापाले समान ११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । एसके पटेल र पारस खड्काले विराटनगरेको २२ विकेट र करन केसीले एक विकेट लिए ।

 

Skip This
Skip This
Logo