पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभरको खेल खेल्दै सबै विकेट गुमाएर १०३ रन बनायो।
शनिबार दिउँसो चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ।
जारी प्रतियोगितामा काठमाडौं रोयल्स ६ अंकका साथ् शिर्ष स्थानमा रहेको छ भने पोखरा ४ अंकका साथ् तेश्रो स्थानमा रहेको छ । काठमाडौँले ४ वटा खेल खेलेकोमा एक खेल हारेका छन् भने पोखराले ४ खेल खेल्दा २ खेल जितेका छन् भने २ खेल हारेका छन्।
६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया