काठमाडौँ

अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो । "/>

आधिकारिक निकायलाई पत्तै नदिइ विश्वकप ट्रफी नेपालमा ?

आधिकारिक निकायलाई पत्तै नदिइ विश्वकप ट्रफी नेपालमा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो । ट्रफी चार दिन नेपालमा रह्यो । अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकप अघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफी नेपाल ल्याइएको थियो ।

ट्रफीलाई राष्ट्रपति भवन पुर्‍याइयो । राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले ट्रफी उचालेर तस्विर पनि खिचाइन् । ट्रफी नेपाल घुमाएर फिर्ता लगिसकिएको छ । तर त्यसको आगमनबारे देशको कुनै पनि आधिकारिक निकायलाई जानकारी नगराइएको रहस्य खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) नेपाली खेलकुदका दुई नेतृत्वदायी निकाय हुन् । दुवै निकायले विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएकोबारे आफूहरूलाई कुनै जानकारी नगराइएको दाबी गरेका छन् ।

ट्रफीलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसँग पनि भेटाउने प्रयास गरिएको थियो । उपराष्ट्रपति कार्यालयले यसबारे मन्त्रालय र राखेपसँग सल्लाह गर्‍यो । दुवै निकायले आधिकारिक जानकारी नभएको बताएपछि उपराष्ट्रपति कार्यक्रममा उपस्थित भएनन्। प्रधानमन्त्रीसँग अस्वस्थताका कारण भेट सम्भव भएन ।

‘विश्वकप ट्रफी नेपाल ल्याइएकोबारे राखेपलाई कुनै आधिकारिक जानकारी छैन । ट्रफी नेपाल आइसकेपछि एउटा कार्यक्रममा मलाई मौखिक आमन्त्रण गरिएको थियो’, राखेप सदस्यसचिव केशवकुमार विष्टले भने, ‘आधिकारिक सूचना नभएकाले म गइनँ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo