पीपीएल: पोखराले दिएको १४५ रन पछ्याउदै धनगढी ब्लुज

पीपीएल: पोखराले दिएको १४५ रन पछ्याउदै धनगढी ब्लुज

केन्द्रबिन्दु
0
Shares

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई १४५ रनको चुनौती दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । 

पोखराका लागि कप्तान शरद भेषवाकरले १४ रन  बनाए। रोहितकुमार पौडेलले सबैभन्दा बढी ३१ रन जोडे। त्यस्तै रासिद खानले नटआउट १५ रन जोडे भने विक्रम भुषालले ३ बलमा नटआउट ८ रन जोडे।ओपनर आसिफ शेखले २३ बलमा २३ रन नै जोडे। रवि इन्दर सिंहले २८ रनको योगदान दिए। मोहमद नाविदले जम्मा ११ रन बनाए ।

बलिङमा धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिए भने पिटर ट्रेगो, ड्यानियल लरेन्स र रोबिन क्षेत्रीले १-१ विकेट हात पारे। 

अहिले धनगढी ब्लुजले पोखरा पल्टनबिरुद्ध ब्याटिङ् गर्दैछ। चार खेलमा खेलिसक्दा धनगढी ४ अंकका साथ पाचौं स्थानमा छ। यस्तै तीन खेल खेल्दै पोखरा दोश्रो स्थानमा छ ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo