स्याङ्जा

‘फस्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता स्याङ्जामा शुरु भएको छ । "/>

प्याराग्लाइडिङमा २१ देशका ९८ खेलाडिको भीडन्त ( भिडियो सहित )

प्याराग्लाइडिङमा २१ देशका ९८ खेलाडिको भीडन्त ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा

‘फस्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ प्रतियोगिता स्याङ्जामा शुरु भएको छ । विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा ) ले उद्घाटन गरेका छन् । उद्धघाटन कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय संघ सस्थाका प्रतिनिधि र स्थानीयको ठूलो संख्यामा उपस्थिती थियो ।

प्रतियोगिता भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा संचालन हुनेछ । प्रतियोगिताका लागि बेलायत, फ्रान्स, इन्डोनेसिया, भारत, अमेरिका, अस्ट्रिया, स्पेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, कोरिया, क्यानडा, जापान लगायत २१ देशका ९८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन । प्रतिस्पर्धीहरु खेलकुदस्थल पुगीसकेका छन् । हेरौं भिडियोमा :

Logo