बोलोग्नामाथि एसी मिलानको सहज जित

बोलोग्नामाथि एसी मिलानको सहज जित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले सहज जित दर्ता गरेको छ । सान सिरो रंगशालामा भएको खेलमा मिलानले बोलोग्नालाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलको ४९औँ मिनेटमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर मिलानले हार मानेन। खेलको ७३औँ मिनेटमा मिलानका लागि सब्सिच्युट खेलाडी सान्टियागो जिमेनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए। खेलको अतिरिक्त समयमा जिमेनेजले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको जित सुनिश्चित गरे।

यो जितसँगै एसी मिलान ६० अंकसहित लिगको आठौं स्थानमा उक्लिएको छ भने बोलोग्ना ६२ अंकसहित सातौं स्थानमा छ।

Skip This
Skip This
Logo