पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा सन्दिप लामिछानेले पहिलो जित दर्ता गरेको छ।

सन्दिप लामिछानेको विराटनगरले बुटवल ब्लास्टर्सबिरुद्ध १२ रनले जित हासिल गरेको हो । "/>

पीपीएल: सन्दिपको पहिलो जित, बुटवलको पहिलो हार

पीपीएल: सन्दिपको पहिलो जित, बुटवलको पहिलो हार

केन्द्रबिन्दु
0
Shares

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा सन्दिप लामिछानेले पहिलो जित दर्ता गरेको छ।

सन्दिप लामिछानेको विराटनगरले बुटवल ब्लास्टर्सबिरुद्ध १२ रनले जित हासिल गरेको हो । विराटनगर टाइटन्सले दिएको १ सय ४१ रनको लक्ष्य बुटवल ब्लास्टर्सले सबै ओभर सक्दै ८ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

बुटवलको यो पहिलो हार हो । पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ। आजै भएको पहिलो खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Skip This
Skip This
Logo