पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । "/>

पीपीएल: विराटनगरको १४१ रन पछ्याउदै बुटवल ब्लास्टर्स (लाइभ)

पीपीएल: विराटनगरको १४१ रन पछ्याउदै बुटवल ब्लास्टर्स (लाइभ)

केन्द्रबिन्दु
0
Shares

पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको हो । विराटनगरका लागि मोहम्मद जाइद आलमले ४५ बलमा ७२ रन बनाए । उनले ५ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, प्रदप ऐरीले ४१ रन बनाए । आलम र ऐरीको उत्कृष्ट प्रदर्शनमा विराटनगरले सम्मानजनक स्कोर बनाए ।

त्यस्तै बलिङतर्फ भने बुटवलका ललित भण्डारीले २ विकेट लिए । त्यस्तै, सामसद शेख, विपिन खत्री र सागर पुनले समान १-१ विकेट लिए । विराटनगर टाइटन्सले लगातार ३ खेलमा हार ब्यहोरेका छन् । बुटवलले भने दुवै खेलमा जित हासिल गरेको छ ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo