काठमाडौं । एटलान्टाले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ । गएराति भएको खेलमा एटलान्टाले रोमालाई २-१ ले पराजित गर्दै शीर्ष चारमा पकड जमाएको हो ।
खेलको नवौं मिनेटमा चार्ल्स डे केटेलेरेको पासमा एडेमोला लुकम्यानले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए। तर, ३०औं मिनेटमा माटियास सौलेको क्रसमा ब्रायन क्रिस्टान्टेले हेडरमार्फत गोल गर्दै रोमालाई बराबरीमा ल्याए।
खेलको ७६औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका इब्राहिम सुलेमानले एटलान्टाका लागि विजयी गोल गरे। यो उनको सिरी ए मा पहिलो गोल थियो।
यस जितसँगै एटलान्टा ७१ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने चौथो स्थानमा रहेको युभेन्टसभन्दा ७ अंकले अगाडि छ । यता रोमा भने ६३ अंकसहित छैटौं स्थानमा छ।































प्रतिक्रिया