काठमाडौँ

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । "/>

सेमिफाइफाइलनमा नेपाल र पाकिस्तान भिड्ने : साफ यू–१५ च्याम्पियनसिप

सेमिफाइफाइलनमा नेपाल र पाकिस्तान भिड्ने : साफ यू–१५ च्याम्पियनसिप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा सोमबार नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । हार भए पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको पहिलो मिनेटमै बङ्गलादेशका मोहम्मख राइओन हवलदारको गोलबाट बङ्गलादेशले अग्रता कायम गरेको थियो । हारसँगै नेपाल प्रतियोगिताको समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश यो जीत सँगै ६ अङ्क जोड्दै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

यता साफ यु–१५ च्याम्पियनसिपमा भारत र पाकिस्तान पनि सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार नै भएको समूह चरणको अन्तिम खेलमा भूटानलाई ४ – ० गोलले पराजित गर्दै भारत सेमिफाइनल प्रवेश गरेको हो ।

भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएका थिए । पाकिस्तान ६ अङ्क सहित समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ । भारत तीन अङ्क सहित उपविजेताको रुपमा सेमिफाइनल पुग्यो । भुटान भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।

सेमिफाइफाइलनमा अब नेपालले पाकिस्तान तथा भारतले बङ्गलादेशको सामना गर्ने छन् । सेमिफाइनलका खेल बुधबार हुनेछ । पहिलो सेमिफाइनलमा समूहको विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भारतबीच खेल हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच खेल हुनेछ ।

Skip This
Skip This
Logo