पीपीएल: पारस खड्काको टिमको लगातार दोश्रो हार

पीपीएल: पारस खड्काको टिमको लगातार दोश्रो हार

केन्द्रबिन्दु
0
Shares

पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा पारस खड्काको चितवन राइनोजले लगातार दोश्रो हार व्यहोरेको छ। पहिलो खेलमा बुटवलसँग हारेको चितवन राइनोज आज फेरि पोखरा पल्टनसंग हारेको छ ।

शरद भेस्वाकरको पोखराले पारसको चितवनलाई ५ विकेटले पराजित गरेको हो । चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। पोखराको जितमा भारतीय खेलाडी रविइन्दर सिँहले सर्वाधिक ६५ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।

पोखराले अहिलेसम्म ३ खेल खेलिसक्दा दुईमा जित र एकमा हारको नतिजा निकालेको छ। घरेलु टोली पोखरा, बुटवल ब्लास्टर्स र काठमाडौँ रोएल्सको पनि समान ४ अंक छ।

Logo