रोनाल्डो फेरि बने सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को छन् ?

रोनाल्डो फेरि बने सर्वाधिक कमाउने खेलाडी, शीर्ष १० मा को-को छन् ?

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । पाेर्चुगिज फुटबलस्टार क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष फोर्ब्सको सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा रहेका छन् ।

बिजनेस म्यागजिन फोर्ब्सका अनुसार आफ्नो करियरमा पाँच पटक यो सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले यस वर्ष अनुमानित कुल आम्दानी १५ मिलियन डलरले बढाएर २७५ मिलियन डलर (लगभग २०६ मिलियन पाउन्ड) पुर्याएका छन्। यो आँकडा पूर्व विश्व च्याम्पियन बक्सर फ्लोयड मेवेदरको भन्दा मात्र कम हो, जसले २०१५ मा ३०० मिलियन डलर र २०१८ मा २७५ मिलियन डलर कमाएका थिए।

४० वर्षीय पोर्चुगलका फरवार्ड रोनाल्डो डिसेम्बर २०२२ मा साउदी प्रो लिगको क्लब अल नासरमा आबद्ध भएपछि उनको मैदानबाहिरको आम्दानी र प्रायोजन सम्झौतामा उल्लेख्य वृद्धि भएको देखिएकाे छ । सामाजिक सञ्जालमा उनका झण्डै बिलियन फलोअर्स रहेका छन्, जसले उनको आम्दानी बढाउन थप मद्दत गरेको छ।

फोर्ब्सको सूचीमा बास्केटबल स्टार स्टेफेन करी दोस्रो स्थानमा उक्लिएका छन्। गोल्डेन स्टेट वारियर्सका गार्ड करी मार्चमा ४,००० करियर थ्री-पोइन्टर्स पूरा गर्ने पहिलो एनबीए खेलाडी बनेका थिए। उनी १५६ मिलियन डलर (लगभग ११७ मिलियन पाउन्ड) आम्दानीका साथ दोस्रो स्थानमा उक्लिएका छन्।

बेलायती बक्सर टाइसन फ्युरी डिसेम्बरमा युक्रेनका ओलेक्सान्डर उसिकसँग विश्व हेवीवेट उपाधि गुमाए पनि १४६ मिलियन डलर (लगभग १०९ मिलियन पाउन्ड) आम्दानीका साथ तेस्रो स्थानमा छन्। फ्युरीले नेटफ्लिक्सको रियालिटी टेलिभिजन शो र माल्टिज पर्यटनसँगको साझेदारीबाट लाभ उठाएका छन्।

रोनाल्डोका चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेस्सी तेस्रो स्थानबाट पाँचौं स्थानमा झरेका छन्।

शीर्ष १० सर्वाधिक कमाउने खेलाडीको सूचीमा फुटबल र बास्केटबल खेलाडीको दबदबा देखिएको छ । शीर्ष १० मा तीन फुटबल खेलाडी (रोनाल्डो, मेस्सी र करिम बेन्जेमा) र तीन बास्केटबल खेलाडी (करी, लेब्रोन जेम्स र केभिन ड्युरेन्ट) रहेका छन्। अमेरिकी फुटबलका ड्याक प्रेस्कट चौथो स्थानमा छन् भने बेसबलका जुआन सोटो सातौं र शोहेई ओहटानी नवौं स्थानमा छन्।

Skip This
Skip This
Logo