काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ दुवै टोली बराबरीमा रोकिएका थिए । त्यसपछि ७५औँ मिनेटमा युवा स्टार खेलाडी किलियन एमबाप्पेले उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए। त्यसपछि खेलको ८७औँ मिनेटमा अर्का प्रतिभाशाली खेलाडी जुड बेलिङघमले गोल थप्दै रियल मड्रिडको जित सुनिश्चित गरे।
सेभियाका लागि भने खेल कठिन रह्यो। खेलको १२औँ मिनेटमा नै लोइक बाडेले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सीमित भएको थियो। त्यसैगरी, खेलको ४८औँ मिनेटमा इसाक रोमेरोले दोहोरो पहेंलो कार्ड पाए र मैदानबाट बाहिरिए । यसले पनि सेभियामाथि खेल अवधिभर दबाबमा राख्यो ।
यता रियलको यो जितमा मात्रै सिमित भएको छ । किनकी ला लिगाको उपाधिमा बार्सिलोनाले कब्जा जमाइसकेको छ । दोस्रो स्थानमा रहेको रियलको ३७ खेलमा ८१ अंक रहेको छ ।





























प्रतिक्रिया