पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आज आजको पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुज खेलिरहेको छ । "/>

पीपीएल: विराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्दै (लाइभ)

पीपीएल: विराटनगर टाइटन्स र धनगढी ब्लुज खेल्दै (लाइभ)

केन्द्रबिन्दु
0
Shares

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा आज आजको पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुज खेलिरहेको छ । विराटनगर र धनगढीले यसअघि एक—एक खेल खेलिसकेका छन् । यी दुवै टोलीले यसअघिको खेल गुमाएका छन् ।

पहिलो खेलमा विराटनगर टाइटन्स पोखरा पल्टनसँग ५८ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने एक्स्पर्ट धनगढी १७ रनले काठमाडौं रोयल्ससँग पराजित भएको थियो । 

त्यस्तै, आज दिउँसो सवा १ बजे सुरु हुने खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्स शरद भेषावकरको टिमविरुद्ध खेल्दैछ । यसअघि खेलेका खेलमा दुवै टोलीले जितेका छन् । बुटबलले चितवन राइनोजलाई ७० रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo