काठमाडौँ

नेपाल काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । "/>

नेपाल साफ यु – १५ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश

नेपाल साफ यु – १५ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा सम्पन्न समुह ए को खेलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेपछि नेपाल आफ्नो समुह चरणको एक खेल अगावै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो ।

माल्दिभ्स भने समुह चरणमा खेलेका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो ।

शनिबारको खेलमा समेत माल्दिभ्स बंगलादेशसँग पराजित हुन पुग्दा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका हुन् । बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गर्यो । समुह ए को अन्तिम खेलमा आयोजक नेपाल र बंगलादेशबीचको खेल आगामी सोमबार हुनेछ ।
नागरिकबाट

Logo