पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं रोयल्ससंग धनगढी ब्ल्यु पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको काठमाडौं रोयल्सले ३ विकेट गुमाउदै १८१ रनको चुनौती दिएको दिएको थियो ।
लक्ष्य पछ्याएको धनगढीले सबै ओभर खेल्दै ८ विकेट गुमाएर १६३ रन मात्रै बनायो । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह एेरीले ५४ रनको अर्धशतकीय पारी खेले।
४२ बल खेलेका दीपेन्द्रले ३ चौका र ३ छक्का प्रहार गरेका थिए। विस्फोटक ब्याटिङ गरेका धनगढीका सन्दीप जोराले ११ बलमा २७ रन रन जोडेका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरे। काठमाडौंका अमरसिंह रौटेला, सुशान भारी र बसन्त रेग्मीले समान २-२ विकेट लिए।
यस अघि काठमाडौं रोयल्सका लागि भारतीय खेलाडी गौरव तोमरको उत्कृष्ट प्रदर्शन गरे । तोमरले ४४ बलमा ९५ रनको पारी खेले। उनले १० छक्का र ४ चौका प्रहार गरे। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए।
नरेशले ३६ रनमा नटआउट रहे। २४ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे। यस्तै टोलीका लागि जयकिशन कोल्सावालाले २५ रन जोडे। धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिए।काठमाडौं रोयल्स, ज्ञानेनद्र मल्लको कप्तानीमा रहेको छ भने धनगढी ब्ल्यु, दिपेन्द्रसिं ऐरीको कप्तानीमा रहेको छ ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।





























प्रतिक्रिया