अभ्यास खेलमा नेपालकाे सहज जित

अभ्यास खेलमा नेपालकाे सहज जित

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड सिरिजको तयारीमा बेलायतमा रहेको नेपालको राष्ट्रिय टोलीले टि२०मा घरेलु क्लब ग्लुसेस्टरशायरमाथि ७३ रनकाे जित दर्ता गरेको छ ।

आज भएको खेलमा नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा ग्लुसेस्टरशायर १७.३ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा समेटिएको हो । ग्लुसेस्टरशायरका लागि जेआर म्याट्राभर्सले सर्वाधिक ३७ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछाने, बसिर अहमद र नन्दन यादवले समान २/२ विकेट लिए ।

त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन जोडेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३५ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले ३२ रन जोडे । अनिलकुमार साहले २९ रन जोड्दा आरिफ शेख २२ रनमा समेटिए ।

लिग-२ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।

Skip This
Skip This
Logo