काठमाडौं । आगामी कात्तिक ९ देखि २० गतेसम्म हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । क्विन्स इभेन्ट्स प्रालीले आयोजना गर्न लागेको प्रतियोगतामा विजेताले २७ लाख नगद पाउने छ । टी(२० फ्रेन्चाइज लिगमा सर्वाधिक राशीको पुरस्कार हो ।
त्यस्तै उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।
प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट हृयाम्पर प्राप्त गर्नेछन् । त्यस्तै पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
पीपीएललाई नमस्ते प्रिमियम लागर बियरले टाइटल स्पोन्सर गरेको छ । प्रतियोगिताको नाम अब नमस्ते पोखरा प्रिमियर लिग राखिएको छ । पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।































प्रतिक्रिया