टियु रंगशाला स्तरोन्नती गर्न थप ४० करोड विनियोजन, खेलकुदमा कति बजेट ?

टियु रंगशाला स्तरोन्नती गर्न थप ४० करोड विनियोजन, खेलकुदमा कति बजेट ?

केन्द्रबिन्दु
12
Shares

काडमाडाैं । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ६ अर्ब ८ करोड विनियोजन गरेको छ।

संघीय संसदमा आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने बताएका छन् ।

कीर्तिपुरको रंगशाला स्तरोन्नती गर्न थप ४० करोड रुपैयाँ छुट्याइएको छ। अहिले झन्डै ९० करोडमा फ्लड लाइट र १० हजार प्यारापिटको निर्माण कार्य भइरहेको छ। चितवनको गौतमबुद्ध क्रिकेट रंशागालाको सिर्जित सम्पत्ती खरिद गर्न शसर्त अनुदानको व्यवस्था गरिएको छ।

मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थनगर क्रिकेट रंगशालाको निर्माणका लागि ४२ करोड बिनियोजन गरिएको छ।

Logo