नेपाललाई चौथो सफलता, करणले लिए २ विकेट

नेपाललाई चौथो सफलता, करणले लिए २ विकेट

केन्द्रबिन्दु
39
Shares

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजको पहिलो खेलमा स्कटल्याण्डविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई चौथो विकेट अनुभवी बलर करण केसीले दिलाएका हुन्। यससँगैकरणले २ विकेट लिएका छन् ।

उनले २५.१ ओभरमा चार्ली टिरलाई ८० रनमा आउट गरा भने चौथो विकेटका रुपमा रिची बेरिङ्टनलाई ४० रनमा आउट गराएका हुन् । स्कटल्याण्ड हाल २७ ओभरमा ४ विकेटको क्षतिमा १५९ रन बनाएर खेलिरहेको छ ।

नेपाल र स्कटल्याण्डबीचको खेल डुन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भइरहेको हो । खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो । यो सिरिज लिग–२ अन्तर्गत ८ टोलीबीच हुने विश्वकप २०२७ छनोट प्रतियोगिताको महत्वपूर्ण चरण हो । लिगको अन्तिममा शीर्ष चार स्थानमा रहने टोलीले सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् भने पछिल्ला चार टोलीले विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने बाध्यता हुनेछ ।

हालसम्म १२ खेलमा ६ अंकसहित नेपाल लिग तालिकाको पुछारमा रहेको छ । त्रिकोणात्मक सिरिजमा नेपालसँगै घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्ड्स पनि प्रतिस्पर्धामा छन् । स्कटल्याण्ड १६ खेलमा २० अंकसहित चौथो स्थानमा छ भने नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

Skip This
Skip This
Logo