स्पेनलाई पेनाल्टीमा हराउँदै पोर्चुगलले दोस्रोपटक जित्याे नेसन्स लिगको उपाधि

स्पेनलाई पेनाल्टीमा हराउँदै पोर्चुगलले दोस्रोपटक जित्याे नेसन्स लिगको उपाधि

केन्द्रबिन्दु
180
Shares

काठमाडाैं । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै दोस्रो पटक यूईएफए नेसन्स लिगको उपाधि जितेको छ । म्युनिखमा भएको रोमाञ्चक फाइनल खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो। पोर्चुगलले यसअघि सन् २०१९ मा पहिलो पटक यो उपाधि जितेको थियो।

खेलको सुरुमै रोबर्टो मार्टिनेजको पोर्चुगल टोली पछि परेको थियो। २२ औं मिनेटमा मार्टिन जुबिमेन्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर, पोर्चुगलका लागि उत्कृष्ट प्रदर्शन गर्दै नुनो मेन्डेसले तत्कालै बराबरी गोल फर्काए। हाफ टाइमको अन्तिम समयमा मिकेल ओयारजाबलले गोल गर्दै स्पेनलाई फेरि अग्रता दिलाए। तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१ औं मिनेटमा आफ्नो १३९ औं अन्तर्राष्ट्रिय गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए।

खेलको अन्त्यतिर रोनाल्डोलाई चोट लागेर मैदानबाट बाहिरिनुपरेको थियो। यस जितसँगै पोर्चुगल नेसन्स लिगको उपाधि दुई पटक जित्ने पहिलो टोली बनेको छ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि गाेल हुन सकेन । राफेल लियाओले बायाँबाट लगातार आक्रमण गरे पनि प्रयास सफल भएन । अतिरिक्त समयको अन्त्यमा डिएगो जोटाले हेडमार्फत प्रहार गरेको बल लक्ष्यभन्दा माथि गयो। त्यसपछि पेनाल्टी सुटआउटमा मोराटाको खराब प्रहारलाई कोस्टाले बचाए र रुबेन नेभ्सले आत्मविश्वासी ढंगले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित गरे।

Skip This
Skip This
Logo