काठमाडौं
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा आज नेपाल र सिंगापुर वीच खेल हुनेछ । यस अघि खेलेका पाँच खेलमा नेपालले सबै खेलमा जित हात पारेको छ ।
नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो । त्यस्तै मंगलबार भएको चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो भने चीनलाई १० वीकेटले पराजित गरेको थियो ।
लगातार ५ जितपछि नेपाल र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । आज यी दुई टीम वीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार दिउसो १२ बजे पछि हुने बताइएको छ । आजको खेलमा पनि जित हात पार्ने नेपालले लक्ष्य लिएको छ ।































प्रतिक्रिया