लामिन यमल बने विश्वकै सर्वाधिक मूल्यवान खेलाडी, शीर्ष १० मा काे-काे परे ?

लामिन यमल बने विश्वकै सर्वाधिक मूल्यवान खेलाडी, शीर्ष १० मा काे-काे परे ?

केन्द्रबिन्दु
468
Shares

काठमाडाैं । बार्सिलोनाका युवास्टार लामिन यमल विश्व फुटबलकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन ।

ट्रान्सफरमार्केटका अनुसार बार्सिलोनालाई घरेलु ‘ट्रेबल’ उपाधि जिताउन मद्दत गरेका उनकाे मूल्य २०० मिलियन युराे पुगेकाे छ । केवल १७ वर्षका उनी बालोन डी’ओरका लागि बलियो दावेदार पनि हुन् ।

गत वर्ष स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउनकाे पनि उनकाे महत्वपूर्ण भूमिका थियाे । उनले स्पेनलाई नेसन्स लिगको फाइनलमा पनि पुर्याए । तर पोर्चुगलसँग आइतबार हार व्यहोरे ।

यसअघि, भिनिसियस जुनियर २०० मिलियन युराेका साथ सर्वाधिक मूल्यवान फुटबलरको रूपमा चिनिन्थे। तर, एक निराशाजनक सिजनपछि ब्राजिलियन खेलाडीको मूल्य झण्डै १५ प्रतिशतले घटेर १७० मिलियनमा झरेको छ।

ट्रान्सफरमार्केटका अनुसार दाेस्राे स्थानमा रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम छन् । उनकाे मूल्य १८० मिलियनमा स्थिर रहेको छ। बेलिङ्घमबाहेक, यमलले एर्लिङ हालान्ड, किलियन एम्बाप्पे र बुकायो साका जस्ता स्टारहरुलाई पनि पछि पारेका छन्।

Logo