नेपाललाई ठूलो झड्का, भीम पनि आउट

नेपाललाई ठूलो झड्का, भीम पनि आउट

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध भीम सार्कीलाई पनि गुमाएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने भएपछि ब्याटिङको निम्तो पाएको नेपालका लागि भीम २०.१ ओभरमा ३५ रनमा आउट भएका हुन् । कप्तान रोहितकुमार पौडेलसँग क्रिजमा जमिरहेका उनले ३८ बलमा ३ चौका प्रहार गरे ।

रोहित ३१ रनसहित क्रिजमा छन् । ९० रन बनाउँदा नेपालले ३ विकेट गुमाइसकेको छ ।

Logo