कोलम्बियासँग हारबाट जोगियो अर्जेन्टिना

कोलम्बियासँग हारबाट जोगियो अर्जेन्टिना

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । विश्वविजेता अर्जेन्टिना विश्वकप छनोटअन्तर्गत कोलम्बियासँग हारबाट जोगिएको छ ।

घरेलु मैदानमा आज भएको खेलमा अर्जेन्टिना र कोलम्बियाले १-१ को बराबरी खेलेका हुन् । कोलम्बियाका लागि लुइस डियाजले २४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। अर्जेन्टिनाले बराबरीका लागि दबाब बढायो र ८१औं मिनेटमा थियागो अल्माडाले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसअघि ७०औं मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले रातो कार्ड पाएका थिए । १० खेलाडीमा सीमित अर्जेन्टिनाले हारतर्फ अग्रसर भइरहँदा संघर्षपूर्ण बराबरी गरेको हो ।

यो नतिजासँगै दुवै टोलीले विश्वकप छनोटमा अंक बाँडेका छन्। अर्जेन्टिना १६ खेलमा ३५अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको छ । यता कोलम्बिया २२ अंकसहित छैठौं स्थानमा छ ।

Logo