काठमाडाैं । नेदरल्यान्ड्सले विश्वकप छनोटमा फराकिलाे जित हासिल गरेको छ । समूह ‘जी’ अन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८-० गाेलले हराएकाे हाे ।
मेम्फिस डिपेले नेदरल्यान्ड्सका लागि नवौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । १६औं मिनेटमा उनैले अर्को गोल थपे । त्यसैगरी कप्तान भर्जिल भ्यान डाइकले पनि २०औं मिनेटमा गोल गर्दै ३-० काे अग्रता दिलाए ।
दोस्रो हाफमा पनि नेदरल्यान्ड्सको त्यही तीव्रता कायम रह्यो। जाभी सिमन्सले ६१औं मिनेटमा गोल गरे भने डोनीएल मालेनले ७४औं र ८०औं मिनेटमा दुई गोल गरे। नोआ लाङले ७८औं मिनेटमा अर्को गोल थपे र मिकी भ्यान डे भेनले ९२औं मिनेटमा गोल गर्दै प्रभावशाली जित सुनिश्चित गरे।
नेदरल्यान्ड्सको याे लगातार दाेस्राे जित हाे ।































प्रतिक्रिया