एकै इनिङमा १९ छक्का प्रहार गर्दै फिन एलेनले बनाए नयाँ कीर्तिमान

एकै इनिङमा १९ छक्का प्रहार गर्दै फिन एलेनले बनाए नयाँ कीर्तिमान

केन्द्रबिन्दु
270
Shares

काठमाडाैं । न्युजिल्याण्डका ओपनर फिन एलेनले मेजर लिग क्रिकेट (एमएलसी) २०२५ सिजनको उद्घाटन खेलमा सान फ्रान्सिस्को युनिकर्न्सबाट वाशिंगटन फ्रीडमविरुद्ध खेल्दै टी-२० क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने र सबैभन्दा छिटो १५० रन बनाउने नयाँ विश्व कीर्तिमान बनाएका छन्।

ओकल्यान्ड कोलिजियममा शुक्रबार भएको खेलमा एलेनले आफ्नो १९औं छक्का प्रहार गर्दै केवल ४९ बलमा १५० रन पूरा गरे, जुन टी-२० क्रिकेटमा सबैभन्दा छिटो १५० रन हो। यस छक्कासँगै उनले क्रिस गेल र इस्टोनियाका साहिल चौहानले प्रहार गरेको १८-१८ छक्काको कीर्तिमान तोड्दै पुरुष टी-२० इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने नयाँ विश्व रेकर्ड बनाएका हुन्।

टस हारेर पहिले ब्याटिङ गरेको युनिकर्न्सका लागि एलेनले सुरुदेखि नै आक्रामक ब्याटिङ गरे । पावरप्ले भित्र १४ बलमा ४० रन बनाएका उनले पाँच छक्का प्रहार गरेका थिए।

२६ वर्षीय एलेनको यो आक्रमण त्यसपछि झन् तीव्र भयो, उनले २० बलमा ५० रन पार गरे। दुई पटक उनले एक ओभरमा तीन-तीन छक्का प्रहार गर्दै केवल ३४ बलमा आफ्नो चौथो टी-२० शतक पूरा गरे, जुन एमएलसीको सबैभन्दा छिटो शतक र न्युजिल्याण्डका ब्याट्सम्यानले बनाएको सबैभन्दा छिटो टी-२० शतक हो।

त्यसपछि एलेनले थप पाँच छक्का प्रहार गर्दै आफ्नो १९ औं छक्का १७ औं ओभरमा प्रहार गरे। २०औं छक्का प्रहार गर्ने प्रयासमा उनी त्यसपछिको ओभरमा आउट भए। गत वर्षको फाइनलको पुनरावृत्तिमा उपविजेता युनिकर्न्सले साबिक विजेताविरुद्ध बोर्डमा २६९ रन ५ विकेट गुमाएर बनायो, जुन संयुक्त राज्य अमेरिकामा पुरुष टी-२० को अहिलेसम्मकै उच्च योगफल हो।

एलेनले १५१ करियर इनिङ्समा ४,१०० भन्दा बढी टी-२० रन बटुलेका छन्, जसमध्ये उनको १७३.२७ को स्ट्राइक रेटले १,००० रन बनाउने सबै ब्याट्सम्यानमध्ये उत्कृष्ट स्थानमा राखेको छ। सन् २०२४ को जनवरीमा एलेनले पाकिस्तानविरुद्ध ६२ बलमा १३७ रन बनाएर ब्रेन्डन म्याकुलमको न्युजिल्याण्ड टी-२० आई रेकर्ड तोडेका थिए। यस इनिङ्समा उनले १६ छक्का प्रहार गरेका थिए, जसले अफगानिस्तानका हजरतुल्लाह जाजाइसँग टी-२० आई इनिङ्समा एकै खेलाडीले प्रहार गरेको सर्वाधिक छक्काको बराबरी गरेको थियो। एलेनको १६३.२७ को टी-२० आई स्ट्राइक रेट पनि सबै न्युजिल्याण्डका ब्याट्सम्यानमध्ये उत्कृष्ट छ।

Skip This
Skip This
Logo