मुन्सेको १९१ रनको मदतमा ३७० रनको लक्ष्य दिँदा पनि स्कटल्याण्ड पराजित भएपछि…

मुन्सेको १९१ रनको मदतमा ३७० रनको लक्ष्य दिँदा पनि स्कटल्याण्ड पराजित भएपछि…

केन्द्रबिन्दु
234
Shares

काठमाडाैं । ओपनर जर्ज मुन्सेले १९१ रनको विशाल पारी खेले पनि स्कटल्याण्डले विश्वकप लिग २ क्रिकेटमा हार व्यहाेरेकाे छ । डुन्डीमा भएको यस रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले स्कटल्याण्डले दिएको ३७० रनको लक्ष्य ४ विकेट बाँकी रहँदै पूरा पूरा गरेकाे हाे । याे विश्वकप लिग २ को इतिहासमा सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्याएकाे पहिलाेपटक हाे ।

नेदरल्यान्ड्सलाई ऐतिहासिक जित दिलाउन ओपनर म्याक्स ओ’डोउडले १५८ रनको सानदार इनिङ्स खेले। उनले अन्तिम ओभरमा छक्का प्रहार गर्दै टोलीलाई विजयी गराएका थिए । डच टोलीले बनाएको ३७४-६ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सको संयुक्त उच्च स्कोर हो र यो एसोसिएट राष्ट्रद्वारा सफलतापूर्वक पछ्याइएको अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो।

स्कटल्याण्डका सफ्यान सरिफले ३ विकेट लिएर एकदिवसीयमा स्कटल्याण्डका लागि सर्वाधिक विकेट लिने बलर बने पनि उनको प्रयास टोलीको जितका लागि पर्याप्त भएन।

यस जितसँगै तालिकामा दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले तेस्रो स्थानमा रहेको स्कटल्याण्डसँगको अग्रता ४ अंकमा पुर्याएको छ।

त्यसअघि मुन्सेले स्कटल्याण्डका लागि एकदिवसीयमा नयाँ ब्याटिङ रेकर्ड बनाउने क्रममा चार्ली टियरसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। उनको अविश्वसनीय पारीमा १४ चौका र ११ छक्का समावेश थियो। उनले २०१४ मा क्यालम म्याकलिओडले बनाएको १७५ रनको कीर्तिमानलाई तोडेका छन्।

३२ वर्षीय देब्रेहाते मुन्सेले अब स्कटल्याण्डका लागि सबै ढाँचामा ५,००० भन्दा बढी रन बनाइसकेका छन्। उनी २०० रन बनाउने तयारीमा रहेका बेला भिभियन किङ्माद्वारा ४९औं ओभरमा १५० बल सामना गर्दा बोल्ड भएका थिए ।

बिरामी रिची बेरिङटनको स्थानमा कप्तानी गरिरहेका म्याथ्यू क्रसले ५९ रनको योगदान दिए । माइकल लीस्कले पनि १४ बलमा अविजित २८ रन बनाउँदै तीन छक्का प्रहार गरेपछि स्कटल्याण्डले आफ्नो तेस्रो उच्च एकदिवसीय कुल स्कोर ३६९ रन पुर्याएको थियो।

Skip This
Skip This
Logo