इन्टर मियामी र अल अहलीबीच गोलरहित बराबरी

इन्टर मियामी र अल अहलीबीच गोलरहित बराबरी

केन्द्रबिन्दु
114
Shares

काठमाडाैं । लियोनल मेसी आबद्ध अमेरिकी क्बल इन्टर मियामीले आफ्नो फिफा क्लब विश्वकप २०२५ को डेब्यु खेलमा इजिप्टियन क्लब अल अहलीसँग अंक बाँडेकाे छ ।

हार्ड रक स्टेडियममा भएकाे उद्दघाटन खेल गोलरहित बराबरीमा सकिएकाे हाे ।

आफ्नो समूह ‘ए’ को पहिलो खेलमा मियामीका गोलरक्षक ओस्कार उस्तारीको उत्कृष्ट प्रदर्शन रह्याे । ३८ वर्षीय अनुभवी अर्जेन्टिनी गोलरक्षक उस्तारीले ४३ औं मिनेटमा ट्रेजेगेटको पेनाल्टी किक बचाएका थिए ।

आयोजक राष्ट्रको प्रतिनिधिको रूपमा फिफाले इन्टर मियामीलाई स्थान दिएको हो । यसका साथै मियामीले मेजर लिग सकर र सपोर्टर्स शिल्ड पनि जितेको थियो ।

Logo