एट्लेटिको म्याड्रिडमाथि पीएसजीकाे फराकिलाे जित

एट्लेटिको म्याड्रिडमाथि पीएसजीकाे फराकिलाे जित

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । च्याम्पियन्स लिग च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले फिफा क्लब विश्वकपमा सानदार जित दर्ता गरेकाे छ ।

समूह ‘बी’ को पहिलो खेलमा पीएसजीले एट्लेटिको म्याड्रिडलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हाे । खेलमा पीएसजीका लागि फाबियन रुइजले १९औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा भिटिन्हाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि पीएसजीले आफ्नो दबदबा कायम राख्यो । खेलको ८७औं मिनेटमा सेन्नी मायुल्लुले गोल गरे भने, इन्जुरी समयको सातौं मिनेटमा ली काङ-इनले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ४-० को शानदार जित दिलाए ।

त्यसअघि एट्लेटिकोका क्लेमेन्ट लेङ्लेटले ७८औं मिनेटमा रातो कार्ड पाएका थिए, जसले गर्दा टोली १० खेलाडीमा सीमित भएको थियो ।

Skip This
Skip This
Logo