काठमाडाैं । चेल्सीले फिफा क्लब विश्वकपमा अमेरिकी क्लब लस एन्जलसमाथि सहज जित दर्ता गरेकाे छ । समूह डीको उद्घाटन खेलमा लस एन्जलसलाई २-० ले हराएकाे हाे ।
इंग्लिश क्लब चेल्सीका लागि पेड्रो नेटोले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा पनि चेल्सीले बलमा नियन्त्रण कायम राख्दै अवसरहरू सिर्जना गरिरह्यो। त्यसपछि ७९ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।































प्रतिक्रिया